इतरपक्ष एक हुन नसके पार्टी देउवालाई बुझाए हुन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतरबाट साझा उम्मेदवाको खोजी जारी रहेको बताएका छन् । पौडेल समूहको शिर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै महामन्त्री कोइरालाले समूहबाट साझा उम्मेदवार खोज्न नसके पार्टी शेरबहादुर देउवाको हातमा पुनः जाने बताए ।

‘एक जना सभापतिको उम्मेदवार नभए फेरि पार्टी शेरबहादुरजी लाई हामीले बुझाए हुन्छ,’ उनले भने । १४औँ महाधिवेशनका लागि समूहबाट आफूहरू ४ जना केन्द्रीय सभापतिको आकांक्षी रहेको पनि उनले बताए ।



आजको बैठकमा साझा उम्मेद्वार खोज्नुपर्ने विषयमा पनि छलफल भएको कोइरालाको भनाइ छ । उनले ४ जना सभापतिको आकांक्षी एक ठाउँमा राखेर गम्भीर वार्ता गर्ने हो भने सहमति निस्कने संकेत पनि गरे ।

सम्बन्धित समाचार