रोकिएका जिल्लामा कांग्रेस वडा अधिवेशन आजदेखि

यसअघि रोकिएका जिल्लाहरुमा सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्गतका वडा अधिवेशन आज सुरु हुँदैछ।चाडबाडका कारण रोकिएको वडा अधिवेशन आज हुने पूर्व निर्धारित कार्यतालिका अनुसार सिन्धुपाल्चोकमा बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, रसुवा र पर्सामा वडा अधिवेशन आज हुन लागेको हो।

पूर्व निर्धारित कार्यतालिका अनुसार यी जिल्ला मध्ये सर्लाहीका निर्वाचन अधिकृतले शुक्रबार राजीनामा दिएकाले आज वडा अधिवेशन हुनेमा अन्योल रहेको छ। त्यस्तै बाँकेमा आज मनोनयन गरी भोलि वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ।



यी जिल्ला बाहेकका जिल्लामा कांग्रेसको वडा र पालिका अधिवेशन सकिएको छ। १३ जिल्लामा अधिवेशन सकिएर प्रतिनिधि समेत चयन भएका छन्।

सम्बन्धित समाचार