कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । करिव ३ महिना पश्चात् सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने छ ।

शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा हुने छलफलका लागि महाधिवेशन तयारीका एजेन्डा तयार पारेको छ । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने छ । भातृ तथा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु र सरकार सञ्चालनको विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।



केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछन् । सर्वोच्च अदालतको विवादबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार