कार दुर्घटना : मृतक चारै जनाको सनाखत(अपडेट)

रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । रौतहटमा गएराति कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको थियो । सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नगरिकको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । । चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको यूके १२सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको रौतहट प्रहरीले जनाएको छ।



नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार दुर्घटना भएर पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मगाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको एसपी घिमिरेले जानकारी दिए।

सम्बन्धित समाचार