नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कार्तिक ।

रोल्पामा जिप दुर्घटना भएको छ । आज (आइतबार) रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिप आज बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
