हिमपहिरो जाँदा ९ जना घाइते

मुस्ताङमा हिमपहिरो गएको छ । आज (आइतबार) बिहान ११ बजेतीर मानापाथी हिमालबाट हिमपहिरो खसेको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ, लार्जुङ र बोक्सी खोला माथि हिमाली लेकमा हिम पहिरो जाँदा नौं जना घाइते भएका छन् । हिमपहिरो आएपछि भागदौडको क्रममा  थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।



प्रहरी घटनास्थलमा पुगिसकेको र थप क्षतिको विवरण आउँन बाँकी रहेको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।  ।

सम्बन्धित समाचार