नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ६०६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ८ पीसीआर परीक्षणमा २९१ जना र एक हजार ५९८ एन्टिजेन परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३४८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ । जसमा ६ हजार ६९९ जना होम आइसोलेसनमा छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२२ संक्रमित आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ९६६ र एन्टिजेन विधिबाट ९५ हजार ८७ जना पुगेको छ ।