जापानस्थित नेपाली जनप्रगतिशील मञ्चमा नयाँ कार्य समिति

नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन यही नोभेम्बर १४ का दिन एक समारोहका बीच सम्पन्न भएको छ ।

प्रवास जनप्रगतिशील मञ्च जापान, प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठका अनुसार अधिवेशनले हरिबाबू तामाङको अध्यक्षतामा २५ सदस्यीय जनप्रगतिशील मञ्च च्युबु , मिए क्षेत्रीय कार्य–समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । मञ्चको उपाध्यक्षमा नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किशानलाल उप्रेती रहेका छन् भने सचिवमा रञ्जित गौतम, सह–सचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाध्यक्षमा दावा शेर्पा, सह–कोषाध्यक्षमा किरणसागर तिवारी र बोम गुरूङ रहेका छन् ।



त्यसैगरी सदस्यहरूमा वैकुण्ठ गौत्तम, मनोज अधिकारी, किरण चौलागाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बुढ़ाथोकी, कृष्ण गुरुङ, अनील अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी रहेका छन् । अधिवेशनले रामबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा नरबहादुर थापा, धनबहादुर खत्री, गंगाघर्ती मगर, पुष्पा घिमिरे, ओम देवकोटा र अजय थापा चयन भएका छन् ।

कार्यक्रममा अध्यक्ष हवलचन्द्र लामाले पार्टी र मञ्चको विधानसम्बन्धी विषयमा प्रष्ट धारणा राखेका थिए भने पूर्वी एसिया समिति सदस्य भवानी पन्तले आगामी दिनमा संगठनलाई अझै जुझारू रूपमा अगाडि बढ़ाउन खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार