नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कात्तिक ।

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। शाही समाजवादीका संसदीय दलका नेता समेत हुन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार उनलाई मात्रै नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
बाँकी मन्त्रीहरु भने मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि मात्रै नियुक्त हुनेछन्। केही दिनमै संसद् बैठक बोलाउने र विश्वासको मतपछि मात्रै बाँकी मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

