नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । हिजो लिने भनिएको विश्वासको मत एमालेका सांसद उपस्थित नभएपछि स्थगित भएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले हिजोको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।
सभामुख भण्डारीले एमालेले निवेदन दिएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर रोक्नुपर्ने प्रस्ताव गरेका थिए । सत्ता साझेदारहरुको बैठक रोक्नु नहुने अडान राखेपछि सभामुख भण्डारीले बैठक बोलाएका थिए ।
प्रमुख प्रतिपक्षी दलले समेत आज भने बैठकमा सहभागी हुने भएको छ । बैठक आज ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

