प्रधानन्यायाधीश जबराले तोके ९ इजलास,सबैखाले मुद्दाको पेशी तोकियो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि ९ इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराले आफु बाहेकको इजलास गठन गरेका हुन्। आजका लागि दुई एकल र सात संयुक्त इजलासमा सबै प्रकृतिका एक सय ८६ मुद्दाको पेशी तोकिएको छ।

यता नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन तेस्रो चरणमा प्रवेश गरेको छ। बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



तेस्रो चरणको आन्दोलन अन्तर्गत आज पनि धर्नाका लागि कानुन व्यावसायीहरु प्रधानन्यायाधीको प्रवेश रोक्न सर्वोच्च परिसरमा जम्मा भएका छन्।यसका साथै बारले देशभर रहेका आफ्ना ९० वटा इकाइबाट पनि धर्ना र कालोपट्टी बाँधेर बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ।

बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने र राजीनामा नै बटमलाइन भएको बताउँदै आएको छ।

सम्बन्धित समाचार