नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

काठमाडौँ र काभ्रेमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-४ पुष्पलाल पार्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै काभ्रे, पनौती नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बहादुर कार्की सोही ठाउँ पावरहाउसस्थित सडक नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । विगत ३ दिनदेखि हराएका उनको खोजी गर्नेक्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यसैगरी काभ्रे, बनेपा नगरपालिका-९ सागर ग्याँसस्थित सडकको नालामा सोही नगरपालिकास्थित च्याउ कृषि फर्ममा काम गरी बस्ने मोरङ बेलबारी घर भएकी ४० वर्षीया शान्ता बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
