दाजुद्वारा बहिनी बलात्कृत

आफ्नै १३ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा एक दाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् ।

ती युवकलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको गुल्मी इस्मा प्रहरीले जनाएको छ । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।



यसअघि कार्तिक २६ गते सुर्खेतमा तीन दाइहरुले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटेर हत्या गरेका थिए । बालिकाहरु प्राय: आफन्तबाट नै असुरक्षित रहने गरेका छन् ।

सम्बन्धित समाचार