नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले एमालेभित्र आफूलाई खोजौं आफू अनुकुलको एमाले खोज्ने होइन भनेका छन् । आज (बुधबार) एक ट्विट गर्दै यस्तो बताएका हुन् ।
बाँस्कोटाले आफ्नो पार्टीविरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको टिप्पणी गरे । उनले बलियो एमाले देशको निकास र विकासको आधार रहेको दाबी गर्दै चिवतनबाट सुदृढ एकताको ईन्द्रेणी नेतृत्व चुन्ने काम हुने बताएका छन् ।
बाँस्कोटाले ट्विटमा लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधानमहाधिवेशनले बनायो।अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चितवनबाट भैहाल्छ।बलीयो एमाले देशको निकास र बिकासको आधार हो।एमालेभित्र आफुलाई खोजौ आफु अनुकुलको एमाले खोज्ने होइन।’
बाँस्कोटाको ट्विट :

