नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले गठबन्धन चुनावअघिसम्म मात्र रहने बताएका छन्। संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले गठबन्धन चुनावभन्दा पछि नरहने बताए। आगामी चुनावमा कुनै पार्टीसँग तालमेल नहुने महामन्त्री कोइरालाले बताए। तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बोल्दै महामन्त्री कोइरालाले भने कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र आगामी चुनावमा पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने उनले बताए।
एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले दाबी गरे। अहिलेको गठबन्धनसँग सरकार सहकार्यका लागि मात्र भएको महामन्त्री कोइरालाले बताए। आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुने सम्भावना पनि नभएको उनले बताए।
आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले अन्य दलसँग कुनै सहमति नगरेको उनले बताए। गठबन्धनसँग चुनावी तालमेलका विषयमा पार्टी भित्र छलफल पनि नभएको बताए। महामन्त्री कोइराला नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्का सँग बुधबार बुद्ध एयरको विमानबाट संखुवासभा आएका हुन्। अहिलेको सरकारले सन्तोशजनक काम गर्न नसकेको उनले बताए।
कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

