नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
सिभिल बैंक लिमिटेडको २०७८ साल मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रतापजङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रूपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै संचालकहरूलाई धन्यवाद दिए ।
नवनियुक्त अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रूपमा अगाडि बढाई शेयर होल्डरलगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरू प्रदान गर्न बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।