बोरिङ खन्ने क्रममा निस्कियो ग्यासको मुस्लो

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काँडाघारीमा डिप बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । मेसिन लगाएर बोरिङ खन्ने क्रममा भूगर्भबाट अचानक ग्याससहित पानी मिश्रित बालुवा र माटोका कण निस्किएको हो ।

प्रत्यक्षदर्शीका अनुसार शुरुमा ठूलो आवाजमा ग्याससहित सुख्खा बालुवाका कणजस्ता पदार्थहरू बाहिर आएको थियो भने पछिल्लो समय ग्यासमा पानी मिश्रित कालो माटोका कण बाहिर निस्किरहेको छ । यो समाचार तयार पारुञ्जेलसम्ममा ५-६ घण्टादेखि लगातार जोडका साथ ग्यास निस्किरहेको छ भने छेउछाउका बासिन्दाहरू सम्भावित जोखिमले डराइरहेका छन् । ग्यास निस्कने क्रम कति बेला रोकिने हो टुङ्गो छैन ।



केही समयअगाडि मात्र पनि त्यसको २०-२५ मिटरको दुरीमा बोरिङ खन्ने क्रममा नै आगोको लप्कासहित ग्यास निस्किएको थियो । वडा नं. ९ कै विभिन्न क्षेत्रमा यस्ता घटनाहरू दोहोरिइरहेकाले यस क्षेत्रको भूगर्भमा धेरै ग्यास रहेको र कुनै पनि समय अप्रिय घटना घट्नसक्ने जानकारहरू बताउँछन् ।

IMG_01761

 

सम्बन्धित समाचार