सर्वोच्चका १३ न्यायाधीशद्वारा पूर्ण बैठक बोलाउन प्रस्ताव

सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् । मंगलबार बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरेका हुन् ।

रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ । प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ । नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरुमा मुद्दा तोक्ने’ व्यवस्था छ । त्यसलाई संशोधन गरी ‘गोला प्रणालीबाट मुद्दा तोकिने’ उल्लेख गरिनेछ ।



सर्वोच्च अदालत नियमावली अनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ । तर प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन भइरहेकाले फुलकोर्ट बैठक बोलाउने बारेमा अन्योल देखिएको छ ।

सम्बन्धित समाचार