नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।
नेपालमा आज(बिहीबार) सुनको मूल्य प्रतितोला रु २०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएकामा बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार रहेकामा बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य स्थिर रहँदै बुधबारको मूल्य अनुसार नै एक हजार २८० मा कारोबार भएको छ । बुधबार पनि चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।