प्रिती बनिन् जुम्ल्याहा बच्चाकी आमा

बलिउडकी डिम्पल गर्ल तथा अभिनेत्री प्रिती जिन्टा दुई जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । ४६ वर्षीय प्रीति जिन्टाले एक पोस्ट शेयर गर्दै यो खुसीको खबर आफ्ना फ्यानसँग बाँडेकी हुन् । यससँगै उनले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् ।

अभिनेत्री प्रितीले आफ्नो पति गुडएनफसँगको तस्विर शेयर गर्दै लेखेकी छिन् ,  ‘सबैलाई नमस्कार, म आज तपाईहरु सबैसँग अमेजनको एउटा समाचार साझा गर्न चाहन्छु । जीन र म धेरै खुसी छौं र हाम्रो हृदय यति धेरै कृतज्ञता र यति धेरै मायाले भरिएको छ कि हामी हाम्रा जुम्ल्याहा बच्चाहरू, जय जिन्टा गुडएनफ र जिया जिन्टा गुडएनफलाई हाम्रो परिवारमा स्वागत गर्दछौं ।’



प्रिती बनिन् जुम्ल्याहा बच्चाकी आमा

उनले लेखेकी छन्, ‘हामी हाम्रो जीवनको यो नयाँ चरणबाट निकै उत्साहित छौं । यस अविश्वसनीय यात्राको एक हिस्सा भएकोमा डाक्टरहरू, नर्सहरू र हाम्रा सरोगेटहरूलाई हृदयदेखि धन्यवाद। धेरै माया र प्रकाश – जीन, प्रीति, जय र जिया ।’  प्रिती सरोगेसी मार्फत दुई सन्तानकी आमा बनेकी हुन् । प्रिती जिन्टाले सन् २०१६ मा लस एन्जलसमा गुडएनफसँग विवाह गरेकी थिइन् । जीन प्रितीभन्दा १० वर्ष कान्छो भए पनि प्रेमको अगाडि दुवैले उमेरको वास्ता गरेनन् ।

प्रिती जिन्टाले विवाहअघि सन् २००९ मा ऋषिकेशका ३४ अनाथ बालिकालाई धर्मपुत्री बनाएकी थिइन् । प्रितीले यी बालिकाहरुलाई यति माया गर्दै आएकी छिन् जुन एक आमाले आफ्ना छोराछोरीलाई गर्छिन् । उनीहरुको शिक्षादेखि लिएर बस्ने र खानपिनसम्मको सबै खर्च उनले ब्यहोरेकी छिन् ।

सम्बन्धित समाचार