नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।

काठमाडौंसहित देशका विभिन्न स्थानबाट ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, कीर्तिपुर नगरपालिका-४ भत्केपाटी डेरा गरी बस्ने भोजपुर घर भएकी ६४ वर्षीया मिना कार्की आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै धनुषा, शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ३८ वर्षीया दिपिया मण्डल आफ्नै घरको सुत्ने कोठाको बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव गुल्मीको सदरमुकाम नजिकैको भिरमा फेला परेको छ। उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन् ।
यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
