आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार १५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८६३ पीसीआर परीक्षणमा २७२ जना र तीन हजार २८८ एन्टिजेन परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ । जसमा ७ हजार १६९ जना होम आइसोलेसनमा छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२४ संक्रमित आईसीयूमा र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ३०७ र एन्टिजेन विधिबाट ९५ हजार २५० जना पुगेको छ ।

सम्बन्धित समाचार