किन जाँदैछन् गुरु रामदेव र आचार्य बालकृष्ण स्याङ्जा ?

योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु स्याङ्जा आउने भएको आचार्य वालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिए ।

स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती (लक्ष्यबत्ती) कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेको सुवेदीले बताए ।



‘आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ’, उनले भने, ‘बुबाको चौरासी पूजा सँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।’ आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् ।

सम्बन्धित समाचार