नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पकरौ गरेको छ ।
पक्राउ पर्नेमा तेह्रथुम फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेका छन् । महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
