धुर्मुसले निर्माण गरेको क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उनको भनाई थियो ।

बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्शमा पुग्ने तर अलपत्र हुन नदिने उनको भनाई छ । सरकारले स्वामित्व लिने नलिने भन्नेवारे आफू एक्लैले भन्न नसक्ने तर निर्माण हुँदा बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माको भनाई थियो ।



हालै धुर्मुसले रंगशाला निर्माणको क्रममा १७ कराेड ऋण लागेको भन्दै निर्माणको जिम्मेबारी लिन सरकारलाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार