आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम महाशाखाले भनेको छ – ‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’​



महाशाखााका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।अहिले बिहान पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार