नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथे रहेका छन् । नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
