आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ वटा इजालस तोकेका छन् । आज (सोमबार)का लागि प्रधानन्यायाधीशले एउटा एकलसहित ११ संयुक्त इजलास सहित ४५४ मुद्दाको पेशी तोकेका हुन् ।

त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू इजलास फर्किने सहमति भएको थियो । सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन ।



प्रधानन्यायाधीशले प्रकाशमान सिंह राउतका लागि एकल इजलास तोकेका छन् । त्यस्तै संयुक्त इजलासमा भने न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्मा, तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना तथा तेजबहमदुर केसी र डा. मनोजकुमार शर्माका रहेका छन् ।

 

 

सम्बन्धित समाचार