विप्लवका कार्यकर्ताद्वारा नेपाल आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले नेपाल आयल निगम घेराउ गरेका छन् । आज (सोमबार ) विहानदेखि संगठनले आयल निगम घेरेका हुन् ।

त्यस्तै आजै बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले तत्कालै मूल्यवृद्धि फिर्ता फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्षण गराएका हुन् । नेपाल आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।



जसमा डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ बढाएको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको हो । त्यसैगरी हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । यस्तै एलपिजी ग्यासको मूल्य १५ सय ७५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार