मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । रुपन्देही, मायादेवि गाउँपालिका-४ बर्सौली बस्ने ३५ वर्षीया बासमती केवट आफ्नै घरबाट ४ सय मिटर टाढा भुषा राख्ने ठाउँमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-९ गंगोली खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी कपिलवस्तु, महाराजगंज नगरपालिका-१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका- ७ मानपुरस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



महाराजगंज नगरपालिका-७ माझीहवा घाटमा शुक्रबार मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार