नेपाल हङकङसँग पराजित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । आज (सोमबार) भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुन पुग्यो ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा टस हरेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगर ४० रनमा अविजित रहिन् भने इन्दु बर्माले ३१ रन जोडिन् । हङकङका लागि क्यारी चान र बेट्टी चानले समान १-१ विकेट लिए ।



१०५ रनको लक्ष्य लिएर मैदान उत्रेको हङकङले १८ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । हङकङका लागि मारिको हिलले अविजित रहँदै ४४ र इमा लाई १३ रनमा अविजित रहे भने क्यारी चानले १७ रन जोडिन् । नेपालको लागि कविता कुँवर, सिता राना मगर र सबनम राईले समान १-१ विकेट लिए ।

छनोटमा ६ टिम सहभागी छन् । नेपालले दोस्रो खेल भोलि (मंगलबार)भुटानसँग, तेस्रो खेल कुवेतसँग बिहीबार, चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।

सम्बन्धित समाचार