नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । भारतको मध्यप्रदेशमा आइतबार यस्तो घटना घटेको हो ।
प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले तीव्र गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बानाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रेन छोएको बताइएको छ। उनलाई तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।
