किन गर्दैछन् ओलीले पत्रकार सम्मेलन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । आज (मंगलबार) दिउँसो २ बजे ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन महाधिवेशन केन्द्रित रहने एक स्रोतले बतायो । आसन्न एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनको सौराहामा हुँदैछ । एमाले स्थायी कमिटीको बैठक पछि ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।



हिजो (सोमबार) तय भएको स्थायी कमिटीको बैठक आजको लागि सारिएको थियो । बैठक आज ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुनेछ । एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ ।

 

सम्बन्धित समाचार