नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेम्वाङले पार्टीको दशौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आज (मंगलबार) वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए । उनले भने , ‘सर्वसम्मत भएन भने उम्मेदवारी नै दिनेछु ।’ त्यस्तै उनले चुनाव हुने अवस्था आएको खण्डमा आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।
उक्त पदमा नेम्वाङसहित ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’ पनि आकांक्षी देखिएपछि चुनाव हुने देखिएको छ । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

