भीम रावलको उम्मेदवारीबारे ओलीले दिए यस्तो प्रतिक्रिया

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षमा उम्मेदवारी दिएर भीम रावलले चुनौती नभई आफू प्रति माया र सम्मान दिएको बताएका छन् । आज (मंगलबार) नयाँ वानेश्वरमा सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले  माया, सम्मान देखाउनु भएको छ उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु ।’



महाधिवेशनको पूर्व सन्ध्यामा ओलीले सम्पादकहरुसँगको छलफल गरेका हुन् । ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ’ ओलीले भने । नेकपा उपाध्यक्ष भीम रावलले गत आइतबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका थिए ।

सम्बन्धित समाचार