नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् । आज (मंगलबार) सम्पादकहरुसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ’ ओलीले भने । त्यस्तै ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका छन् । यस्तै ओलीले एमाले अध्यक्षमा उम्मेदवारी दिएर भीम रावलले चुनौती नभई आफू प्रति माया र सम्मान दिएको बताए ।
त्यसैगरी ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

