नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार १७४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ७२९ पीसीआर परीक्षणमा ३१२ जना र एक हजार ४४५ एन्टिजेन परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ सय ९० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । जसमा ६ हजार ८६९ जना होम आइसोलेसनमा छन् भने ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२० संक्रमित आईसीयूमा र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १९ हजार ६९९ र एन्टिजेन विधिबाट ९५ हजार ३७० जना पुगेको छ ।