युरोपमा कोरोना संक्रमणदर बढ्दो, मार्चसम्म ७ लाख मान्छे मर्नसक्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसंग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो ।

डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य भईसकेको छ। आगामी बसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि डल्युएचओले गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरुका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ ।



युरोपका थुप्रै देशहरुमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भइरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायतका देशहरुमा हिंसात्मक प्रदर्शन समेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायतका देशहरुले भने दुई वटै खोप लगाईसकेकाहरुलाई बुस्टर डोज दिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार