नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा बोलेका छन् । आज(बुधबार) ट्विट गर्दै भट्टराईले जिम्मेवार दल, नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै वहानामा लुकाउन नमिल्ने बताएका छन् ।
त्यस्तै उनले न्यायपालिकाभित्रको फोहर अब छोपेर राख्नै नसकिने भएको टिप्पणी गरे । उनले प्रधानन्यायाधीश जबराले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।
बाबुरामले ट्विटरमा लेखेका छन्ः ‘न्यायपालिकाभित्रको फोहर अब छोपेर राख्नै नसकिने भयो।जिम्मेवार दल,नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै वहानामा लुकाउन मिल्दैन।अब कि देवासुर संग्राममा शिवजीले कालकूट बिष पिएर निलकण्ठ बने झैं न्यायालय प्रमुखले त्याग देखाउनुपर्यो कि व्यवस्थापिका अघि सर्नुपर्यो! अर्को विकल्प छैन!’
बाबुरामको ट्विट :

