आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ९२० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र दुई हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख एक हजार १२२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ । जसमा ६ हजार ९८१ जना होम आइसोलेसनमा छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २०६ संक्रमित आईसीयूमा र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार ४ र एन्टिजेन विधिबाट ९५ हजार ३९७ जना पुगेको छ ।

सम्बन्धित समाचार