रियल मड्रिड, म्यानचेस्टर सिटी, पीएसजी र लिभरपुल नकआउट चरणमा

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एफसी सेरिफलाई ३-० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो ।

माल्डोभामा एकतर्फी बनेको खेलमा खेलको ३० औं मिनेटमा डेभिड अलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा रियलले थप १ गोल गर्यो । दोस्रो हाफको ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए ।



रियल मड्रिड

जितसँगै रियल ५ खेलमा १२ अंक जोड्दै समूह ‘डी’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ भने ६ अंक जोडेको सेरिफ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी यसै समूहको अर्को खेलमा शाख्तर डोनेकट्सलाई २-० ले पराजित गर्दै इन्टर मिलान पनि नकआउट चरणमा पुगेको छ । । १० अंक जोडेको इन्टर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत नै बुधबार भएको अन्य खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ ले पराजित गर्दै म्यानचेस्टर सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि हिम स्ट्रर्लिङ र ग्राबियल जिससले समान १-१ गोल गरे भने पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन् । जितसँगै सिटी ५ खेलमा १२ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ भने ८ अंक जोडेको पीएसजी दोस्रो स्थानमा रहेको छ । दुबै टोली नकआउट चरणमा पुगेका छन् ।

म्यानचेस्टर सिटी

यस्तै पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० ले हराउँदै लिभरपुलले आफ्नो जितलाई निरन्तरता दिंदै आएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि थियागो अलाकान्टरा र मोहमद सलाहले समान १-१ गोल गरे । जितसँगै लिभरपुलले ५ खेलमा १५ अंक जोडेको छ ।
लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ भने ५ अंक जोडेको पोर्टो दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।

लिभरपुल

 

सम्बन्धित समाचार