मृत अवस्थामा ६ जना फेला

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर-९ घर भएका ४० वर्षीय जयराम वगाले बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सप्तरी, छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी बस्ने ९७ वर्षीय मुक्तिलाल मण्डल सोही गाउँपालिका-३ स्थित आँपको बगैंचामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काठमाडौं महानगरपालिका-१६ नयाँ बजारस्थित गार्मेन्टमा काम गरी बस्ने मोरङ घर भएका ४६ वर्षीय नटबर शर्मा काठमाडौं महानगरपालिका-१७ नयाँबजार खुसिबु पार्क नजिक सडक पेटीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित खेतमा सोही ठाउँ बस्ने रुकुम (पूर्व) भुमे गाउँपालिका-३ घर भएका २२ वर्षीय प्रबिन पुन मगर बुधबार मृत अवस्थामा फेला परेका छन् । यता बाग्लुङ, ढोरपाटन नगरपालिका-७ धाराबोट बस्ने दिल बहादुर बिकको छोरा ७ वर्षीय  जिवन बिक सोही ठाउँस्थित भुजि खोलाबाट ४ सय मिटर टाढा ढुङ्गाको कोप्चेरोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक ६ गते उक्त खोलाले बगाई बेपत्ता भएका उनको उक्त कोप्चेरोमा सडिगलेको अवस्थामा शव फेला परेको हो ।

यस्तै कैलाली, गौरीगंगा नगरपालिका-७ सुनपाल सामुदायिक वनभित्र सोही ठाउँ बस्ने ६० वर्षीय देव बहादुर बोहरा बिद्युतिय धरापमा परेर बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार