ओली नारायणी किनारबाट देवघाट गए हुन्छ, काठमाडौं फर्किनु पर्दैनः नारायण वाग्ले

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणीबाट देवघाट जान सुझाब दिएका छन्। भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएका हुन्।



मार्चपासपछिको कोणसभालाई सम्बोधन गर्दै वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु – तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक-एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

सम्बन्धित समाचार