प्रचण्डले यी नेतालाई पठाए चितवन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)को १०औं महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन् । एमालेले अध्यक्ष प्रचण्डलाई उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन बोलाएको थियो ।

प्रचण्डले पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिन लिलामणि पोखरेललाई पठाएका छन् । पोखरेल चितवन पुगिसकेका छन् । प्रचण्ड पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।



आज नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने एमालेको तयारी छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ः००बजे गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार