आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ४४६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र दुई हजार ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख एक हजार ७२२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ । जसमा ६ हजार ८९६ जना होम आइसोलेसनमा छन् भने ३९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७५ संक्रमित आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार ५२७ र एन्टिजेन विधिबाट ९५ हजार ४५२ जना पुगेको छ ।

सम्बन्धित समाचार