एमाले महाधिवेशनलाई लिएर माधव नेपालले दिए यस्तो प्रतिक्रिया

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको १० औं महाधिवेशनको कुनै अर्थ नभएको बताएका छन् । एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गर्दै उनले गैँडाले झण्डा बोकेको भन्दै गैँडा पाइएन भने बाँदरले बोक्ने बताए।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा गैँडाले झण्डा बोकेको चित्र प्रयोग भएको छ। मस्कट पनि सोही चित्रको आधारमा निर्माण भएको देखिन्छ। अध्यक्ष नेपालले त्यसैप्रति व्यङ्ग्य गरेका हुन्।



नेपालले एमालेको अवशान सुरु भइसकेको बताए। ‘१०औं महाधिवेशनको फूर्ति नलगाए हुन्छ। त्यसको कुनै अर्थ छैन। सत्य र न्यायको आवाज नेकपा एकीकृत समाजवादीले बोक्छ,’ शुक्रबार एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय अगुवा पार्टी प्रशिक्षण भेलामा सम्बोधन गर्दै उनले भने।

सम्बन्धित समाचार