नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।
सिभिल बैंक लिमिडेडले आफ्नो स्थापनाको एघारौं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा विशेष कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले प्रायोरिटि बैंकिग सेवाको उद्घाटन गरेका थिए भने कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका थिए ।
वार्षिकोत्सवको अवसर पारेर देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरूको सहभागितामा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियोे ।