नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।

नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ । एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए । पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको हो ।
जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
ओलीलाई सर्वाधिकार दिने निर्णयमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष रावलले फरक मत राखेका हुन् ।

