भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीको ढोका बन्द गर्ने ओलीको रणनीति

केपी शर्मा ओली आफ्ना विरोधीहरुलाई कुनै पनि हालतमा पदाधिकारीमा नल्याउने रणनीतिमा रहेको बताइन्छ । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत सौराहमा जारी बन्दसत्रले ओलीलाई नयाँ नेतृत्व चयनको जिम्मेवारी दिएको छ। तर प्रमुख पदमा नेताहरुको दाबीले उनलाई सकस भएको छ।

निकट स्रोतका अनुसार ओली कुनै पनि हालतमा नेता भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा ल्याउन तयार छैनन्। रावल र भुसालले अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । सहमतिमा बाधक बनेको भन्दै उनीहरुसँग ओली रुष्ठ छन् ।



१०बुँदे सहमति गरेर आएको भए पनि उनीहरुले निरन्तर आफ्नो विरोध गरेकाले ओली पदाधिकारीमा ल्याउन तयार नभएका हुन्।

सम्बन्धित समाचार