नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

१२ नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्व चयन हुँदै समापन हुनेछ । एमालेका अध्यक्ष केपी शर्मा ओली भने सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गृहकार्यमा जुटेका छन् ।
यसै विषयमा छलफल गर्न ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने स्रोतले बताएको छ । बन्दसत्रमा ओलीले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची सार्वजनिक गर्ने तयारी छ ।
शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

